


दमौली, २६ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तनहुँ आउने भएका छन्। अर्थमन्त्री भएपछि वाग्ले पहिलोपटक बुधबार गृहजिल्ला तनहुँ आउन लागेका हुन्।
तनहुँ भ्रमणका क्रममा उनले दमौली, आँबुखैरेनी, डुम्रे लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम तथा कार्यकर्ता भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले जानकारी दिए ।
त्यसक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्नुका साथै जिल्लाका विकास निर्माण र समसामयिक विषयमा समेत छलफल गर्ने बताइएको छ।