बन्दीपुरका ५९ जनाको रिपोर्ट नेगेटिभ, भारतबाट आएका एक सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरका ५९ जनाको रिपोर्ट नेगेटिभ, भारतबाट आएका एक सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका ५९ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । गत भदौ १८ गते ६० जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा ५९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    त्यसमध्ये एक जनाको रिपोर्ट भने पोजिटिभ आएको छ । बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको र उहाँ भारतबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

    समुदायस्तरका व्यक्तिहरुको स्वाब सङ्कलन गर्दा रिपोर्ट नेगेटिभ आएकाले कोरोना समुदायस्तरमा नफैलिएको थापाले दावी गर्नुभयो ।