मुग्लिङ-पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रम निरन्तर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिङ-पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रम निरन्तर

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८३, बुधबार

    दमौली, ३ भदौ । मुग्लिङ-पोखरा सडकखण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

    बुधबार बिहान ४ बजेदेखि ७ बजेसम्म सञ्चालित कार्यक्रममा २३ दुईपाङ्ग्रे, ३६ साना चारपाङ्ग्रे र ६३ ठूला सवारीसाधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियम पालनाबारे सचेत गराइएको प्रहरीले जनाएको छ।