तनहुँमा दुई फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुई फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८३, बिहीबार

    दमौली, ४ भदौ । तनहुँ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका तथा चालु मुद्दाका दुई जना व्यक्तिलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दामा ६ महिना कैद र रु. ५ हजार जरिवाना तोकिएका व्यास नगरपालिका–२ का एक पुरुष र बैंकिङ कसुर मुद्दामा फरार रहेका स्याङ्जा पुतलीबजार नगरपालिका घर भई हाल पोखरा महानगरपालिका–१७ बस्दै आएका एक पुरुष रहेका छन्।

    प्रहरीले उनीहरूलाई विभिन्न मितिमा खटिएको टोलीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।