मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०८३, सोमबार

    तनहुँ, ८ भदौ । तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

    भिमाद नगरपालिका–२ जिलाङ भेटघाटचोक निवासी सुकबहादुर रानाले घरको आँगनमा पार्किङ गरी राखेको बजाज कम्पनीको रातो–कालो रंगको १६० सीसी एनएस मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा खबर गरेका थिए।

    भदौ ५ गते राति पार्किङ गरिएको मोटरसाइकल भदौ ६ गते बिहान नदेखिएपछि मोटरसाइकलधनीले सोही दिन साँझ प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा भदौ ७ गते दिउँसो शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित जंगलबाट चोरी भएको मोटरसाइकलसहित शुक्लागण्डकी–४ गाछेपानी बस्ने २० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

    पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।