


तनहुँ, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँ जिल्लामा स्थानीय बसोबास गर्ने २६ जना सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराइएकोमा हालसम्म ९ जना सम्पर्कमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सोमबारसम्म ९ जना सम्पर्कमा आइसकेका छन् भने १७ जना अझै सम्पर्कविहीन रहेका छन्।
बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको अवस्था यकिन गर्न खोज तथा उद्धारसँगै खोजी तथा तथ्यांक अद्यावधिक गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्त तथा परिवारजनबाट प्राप्त सूचनाका आधारमा विवरण संकलन गरिरहेको जनाएको छ।
बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तनहुँमा पनि त्रिशूली नदी आसपासका क्षेत्रमा शव तथा प्रभावित व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ।