त्रिशुली नदीमा भेटिएका १५ वटा शवको अस्थायी व्यवस्थापन (तस्बिर/ भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    त्रिशुली नदीमा भेटिएका १५ वटा शवको अस्थायी व्यवस्थापन (तस्बिर/ भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०८३, सोमबार

    दमौली, १५ भदौ । रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट तनहुँको ऑबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीमा फेला परेका १५ वटा शवको सोमबार अस्थायी व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा उक्त शवको व्यवस्थापन गरेको हो ।

    तनहुँ क्षेत्रमा ३८ शव भेटिएकामा २३ वटा शव पोखरा पठाइएको थियो । प्रदेश अस्पताल दमौलीमा रहेका १५ वटा शवलाई व्यवस्थित किसिमले व्यवस्थापन गर्न पहिचान नभएका तथा बेबारिसे शव व्यवस्थापन कार्यविधि २०८३ बमोजिम जिल्ला विपद् व्यवस्थापन समिति, शव व्यवस्थापन समिति र विपद् प्राधिकरणको निर्णय अनुसार जङ्गल क्षेत्रमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

    No photo description available.
    May be an image of text
    No photo description available.

    प्रदेश अस्पताल दमौलीले शवको फोटो, भिडियो खिच्ने, डिएनए सङ्कलन, शवमा कुनै पहिचान भएको खण्डमा त्यस्ता पहिचान सुरक्षित गरेर राखेको प्रजिअ तिवारीले बताए । शवको पहिचान गर्न प्रत्येक शवको माथि ट्याग राखिएको छ । आफन्तले डिएनन मिलेको खण्डमा शव झिकेर लैजान सक्ने प्रजिअ तिवारीले उल्लेख गरे ।

    बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी आवश्यक विवरण र नमुना सुरक्षित राखिएको छ ।

    शव व्यवस्थापनका लागि आज बिहानै व्यास नगरपालिकाको सहयोगमा त्यहाँ जाने बाटो खनिएको थियो भने खाल्डा खन्ने काम गरिएको थियो ।