


तनहुँ, १६ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २ हजार ६ सय ४० रुपैयाँ सहयोग गरेका छन्।
विद्यार्थीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
सहयोग ठूलो वा सानोभन्दा पनि विपद्को समयमा पीडित परिवारप्रति देखाइएको साथ र सद्भाव महत्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले बताए ।