देशभर ९७९ कोरोना संक्रमित थपिए, १७३६ जना डिस्चार्ज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर ९७९ कोरोना संक्रमित थपिए, १७३६ जना डिस्चार्ज

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०७७, सोमबार

    काठमाडौं : कोरोना भाइरसका आज ९ सय  ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार  २ सय ३६ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभयो ।

    आजसम्म  ३० हजार ६ सय  ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिए ।