


तनहुँ, १० असोज । अविरल वर्षाका कारण म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा एक घर जोखिममा परेको छ।
शनिबार बिहान करिब ८ः३० बजे गोपिमान श्रेष्ठको दुईतले पक्की घरको पूर्वपट्टिको आँगनमा चिरा पर्नुका साथै आँगन छेउमा पहिरो गएपछि घर जोखिममा परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनामा मानवीय क्षति भने भएको छैन।