


तनहुँ, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ–२ बाट पराजित भएका सन्तोष घिमिरेले आफू महाधिवेशन प्रतिनिधिमा मनोनित भएको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
घिमिरेले फेसबुकमा ‘राजनीतिक न्याय प्राप्त भएको’ उल्लेख गर्दै १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुन काठमाडौंस्थित केन्द्रीय पार्टी कार्यालय पुगेको बताएका थिए।
तर कांग्रेसले आज सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिको नामावलीमा भने घिमिरेको नाम समावेश छैन।
यस विषयमा घिमिरेले बुझेर खबर गरौला भन्ने प्रतिक्रिया दिएका छन् ।