


काठमाडौ, २० असोज । नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि विन्दु मल्ल ठकुरी (आस्था) ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
ठकुरीले खस आर्य महिलातर्फ केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।
नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा नेपाल तरुण दलकी निवर्तमान केन्द्रीय सदस्य ठकुरीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
तनहुँ–२ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ दोस्रो बढी मत ल्याएर निर्वाचित ठकुरी नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाकी निवर्तमान सभापति हुन्। उनले कांग्रेसको १४औँ महाधिवेशनमा महासमिति सदस्यको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।