अग्रजको सम्मान गर्दै श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अग्रजको सम्मान गर्दै श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिने

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८३, मंगलवार

    तनहुँ, २० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठले उम्मेदवारी नदिने निर्णय गरेका छन्।

    देशभरका तरुण तथा युवा साथीहरूबाट उम्मेदवारीका लागि शुभेच्छा, विश्वास र समर्थन प्राप्त भए पनि नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले समेत गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेपछि आफूले उहाँलाई समर्थन गर्ने निर्णय गरेको श्रेष्ठले बताएका छन्।

    श्रेष्ठले आफ्नो उम्मेदवारीभन्दा पार्टीभित्रको सहकार्य, अग्रजप्रतिको सम्मान र एकतालाई प्राथमिकता दिँदै उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्।

    उनले देशभरका तरुण तथा युवा महाधिवेशन प्रतिनिधिलाई जितप्रकाश आलेलाई अमूल्य मत प्रदान गरी विजयी गराउन आग्रह गरेका छन्।

    आफ्नो उम्मेदवारीप्रति विश्वास, सद्भाव र शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण साथीहरूप्रति आभार व्यक्त गर्दै श्रेष्ठले आगामी दिनमा पनि पार्टी र संगठनका लागि सक्रिय रहने बताएका छन्।