दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीको ऐतिहासिक सफलता, १९ पदक जिते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीको ऐतिहासिक सफलता, १९ पदक जिते

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८३, मंगलवार

    तनहुँ, ८ मंसिर । काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा तनहुँको भिमादका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।

    भारत, बङ्गलादेश, अफगानिस्तान र इथियोपियाका खेलाडी सहभागी प्रतियोगितामा भिमादका खेलाडीहरूले ७ स्वर्ण, ५ रजत र ७ कास्य गरी कुल १९ पदक जितेको गण्डकी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरले बताए । प्रतियोगितामा करिब ७५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगितामा भिमादका विवेक बि.क., विविका रोका, जेनिशा गुरुङ, मनिषा के.सी., कमल थापा, गौरव थापा, मेलिशा थापा, आरजु थापा, एलिना थापा, आर्यन कुमाल, अन्चु देवी सेन ठकुरी, मनिष बि.क. र आयुष गुरुङले विभिन्न विधामा पदक जितेका छन्।

    विवेक बि.क.ले १२–१३ वर्ष उमेर समूहको ३५ केजी स्पाइरिङमा स्वर्ण, पुरुष ग्रुप प्याट्रनमा रजत र नीलो बेल्ट एकल प्याट्रनमा कास्य पदक जितेका छन्। विविका रोकाले १६–१७ वर्ष उमेर समूहको ४० केजी स्पाइरिङ र महिला ग्रुप प्याट्रनमा स्वर्ण तथा रातो बेल्ट एकल प्याट्रनमा कास्य पदक हासिल गरेकी छन्।

    जेनिशा गुरुङले महिला ग्रुप प्याट्रनमा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको ५८ केजी स्पाइरिङमा रजत पदक जितेकी छन्। मनिषा के.सी.ले सिनियर रातो बेल्ट प्याट्रन, महिला ग्रुप प्याट्रन र महिला सेल्फ डिफेन्समा स्वर्ण तथा १८–३४ वर्ष उमेर समूहको ४९ केजी स्पाइरिङमा रजत पदक प्राप्त गरेकी छन्।

    कमल थापाले १२–१३ वर्ष उमेर समूहको ४५ केजी स्पाइरिङमा स्वर्ण र पुरुष ग्रुप प्याट्रनमा रजत पदक जितेका छन्। गौरव थापाले १६–१७ वर्ष उमेर समूहको हरियो बेल्ट प्याट्रनमा स्वर्ण, जुनियर पुरुष ग्रुप प्याट्रनमा रजत र ४५ केजी स्पाइरिङमा कास्य पदक हासिल गरेका छन्।

    मेलिशा थापाले महिला ग्रुप प्याट्रनमा स्वर्ण र १६–१७ वर्ष उमेर समूहको रातो बेल्ट प्याट्रनमा कास्य पदक जितेकी छन्। आरजु थापाले १५–१६ वर्ष उमेर समूहको हरियो बेल्ट प्याट्रन र जुनियर महिला ग्रुप प्याट्रनमा स्वर्ण तथा ४५ केजी स्पाइरिङमा कास्य पदक प्राप्त गरेकी छन्।

    एलिना थापाले १६–१७ वर्ष उमेर समूहको ४० केजी स्पाइरिङमा रजत पदक जितेकी छन्। आर्यन कुमालले जुनियर पुरुष ग्रुप प्याट्रनमा रजत र १६–१७ वर्ष उमेर समूहको ५५ केजी नीलो बेल्ट प्याट्रनमा कास्य पदक हासिल गरेका छन्।

    त्यसैगरी अन्चु देवी सेन ठकुरीले १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट प्याट्रनमा रजत, मनिष बि.क.ले १०–११ वर्ष उमेर समूहको २५ केजी स्पाइरिङमा कास्य तथा आयुष गुरुङले जुनियर पुरुष ग्रुप प्याट्रनमा रजत र १२–१३ वर्ष उमेर समूहको हरियो बेल्ट प्याट्रनमा कास्य पदक जितेका छन्।

    समूहगत प्याट्रनमा पनि भिमादका खेलाडीहरूले सफलता हासिल गरेका छन्। विविका रोका, जेनिशा गुरुङ, मनिषा के.सी., मेलिशा थापा र आरजु थापाको महिला टोलीले स्वर्ण पदक जितेको छ। विवेक बि.क., कमल थापा, गौरव थापा, आर्यन कुमाल र आयुष गुरुङको पुरुष टोलीले रजत पदक हासिल गरेको छ।

    अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भिमादका खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनले तनहुँको खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ। प्रतियोगितामा प्राप्त सफलताले भिमादको खेलकुद इतिहासमा महत्वपूर्ण उपलब्धि थपेको छ।