रास्वपा तनहुँका पाँच जिल्ला विभागमा सदस्यका लागि आवेदन खुला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा तनहुँका पाँच जिल्ला विभागमा सदस्यका लागि आवेदन खुला

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०८३, मंगलवार

    तनहुँ, ८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले विभिन्न जिल्ला विभागमा सदस्य पदका लागि आवेदन खुला गरेको छ ।

    पार्टीले जिल्ला संगठन विभाग, जिल्ला आरएटी विभाग, जिल्ला अभियान तथा प्रचारप्रसार विभाग, जिल्ला स्वदेश सम्पर्क विभाग र जिल्ला युवा सशक्तीकरण तथा खेलकुद विभागमा सदस्य चयनका लागि आवेदन आह्वान गरेको हो ।

    पार्टी संगठनलाई थप व्यवस्थित, सुदृढ र सक्रिय बनाउने उद्देश्यले विभिन्न विभागमा सदस्य चयन गर्न आवेदन खुला गरिएको रास्वपा तनहुँका सचिव श्रेष्ठले जानकारी दिए ।

    विभागहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पार्टीको संगठनात्मक गतिविधि विस्तार गर्ने लक्ष्यसहित सदस्य छनोट प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ ।