तनहुँ : बाढी पूर्वानुमान महाशाखाले तनहुँका नदीहरुमा आकस्मिक बहाव हुन सक्ने बताएको छ । महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका नदी जलाधारमा क्षणिक मध्यम वर्षा भई स सानामा नदीमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने जनाएको छ ।
साथै गण्डकी प्रदेशका कास्की, लमजुङ, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा लगायतका जिल्लाका नदीमा पनि आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ ।