गण्डकी प्रदेशमा थपिए ५२ कोरोना सङ्क्रमित, एकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ५२ कोरोना सङ्क्रमित, एकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०७७, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशमा मङ्गलबार ५२ कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षण अनुसार सात जिल्लामा ५२ कोरोना सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँमा ९, कास्कीमा छ, लमजुङमा एक, मनाङमा एक, स्याङ्जामा १३, नवलपुरमा २०, गोरखामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । तनहुँको शुक्लागण्डकी, देवघाट, कास्कीको पोखरा महानगरपालिका, गोरखाको सहिद लखन गाउँपालिका, लमजुङको वेशीशहर, मनाङको नासो, स्याङ्जाको वालिङ, आधीखोला, पुतलीबजार, गल्याङ, नवलपुरको मध्यविन्दु, बौदीकाली, गैडाकोट लगायमा सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३११७ पुगेको छ ।

    गोरखाका सङ्क्रमितको मृत्यु

    गोरखाको बारपाक सुलिकोट–८ का ६३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको काठमाडौस्थित वीरेन्द्र अस्पताल छाउनीमा भदौ २९ गते निधन भएको हो । उहाँलाई भदौ २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।