गाडिसकेको शव प्रहरीले उत्खनन् गरेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाडिसकेको शव प्रहरीले उत्खनन् गरेपछि…

    खबरपुञ्ज संवाददाता

    १ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ खस्राङगाउँका ४१ वर्षीय राजकुमार गुरुङको गत भदौ ३१ गते मृत्यु भयो । परिवारका सदस्यहरुले सोही दिन गुरुङको शव घर नजिकैको चिहानडाँडामा गाडे ।

    तर दुई दिनपछि प्रहरीले मृतक गुरुङको शव उत्खनन् गरेको छ । आफ्नै परिवारका सदस्यले हत्या गरी गुपचुप रुपमा लुकाउन शव गाडेको आशङ्कमाा गाेप्य सूचना पाएपछि प्रहरीले मृतक गुरुङको शव शुक्रबार उत्खनन् गरेको हो ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन् गरेर पोष्टमार्टका लागि दमौली अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    “घटना सम्बन्धमा प्रहरीलाई केही सूचना प्राप्त भएकाले अनुसन्धानका लागि शव उत्खनन् गरेर पोष्टमार्टका लागि ल्याएका हौ,” प्रनाउ तिमिल्सिनाले भन्नुभयो, “थप विवरण पोष्टमाटर्म रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।” प्रहरीले मृतक गुरुङको छोरा र छोराको सालोलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    साङ्केतिक तस्वीर