पोखरा : गण्डकी प्रदेशमा १५ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार नवलपुर, स्याङ्जा, पर्वत र लमजुङमा सङ्क्रमित थपिएका हुन् ।
नवलपुरमा ११, स्याङ्जामा एक, पर्वतमा दुई र लमजुङमा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिएकामध्ये पर्वतको कुश्मा नगरपालिकाका ३५ वर्षीय पुरुष नेपाली सेनामा कार्यरत हुनुहुन्छ | नवलपुरको हुप्सेकोट-५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो ।
नवलपुरको बुलिङटार, हुप्सेकोट, पर्वतको कुश्मा, स्याङ्जाको फेदीखोला र लमजुङको मध्यनेपाल नगरपालिकामा सङ्क्रमित थपिएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३५१ पुगेको छ ।