बार्सिलोनाले जित्यो जोआन गाम्पर ट्रफी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाले जित्यो जोआन गाम्पर ट्रफी

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ ।

    खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा प्रदर्शन सुधारेको बार्सिलोनाले आक्रमणमा भने शनिबार पनि निकै मिहिनेत गर्नुपर्यो । बल पोसेसनमा पकड जमाएर मुभ बनाएको बार्सिलोनाले फिनिसिङमा चुक्दा थप गोल गर्न सकेन ।

    कोम्यानले आफ्नो बलियो आक्रमणसहितको टोली उतार्ने क्रममा कप्तान लिओनेल मेस्सीसहित ग्रिजमन, फिलिपे कोउटिन्हो र अन्सु फातीलाई सुरुवाती रोजाइमा खेलाए । मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिज्मनले गोलको दिशा दिएका थिए ।

    आक्रमणलाई लगातार बल उपलब्ध गराएपनि गोल गर्न नसक्दा बार्सिलोना दबाबमुक्त भएर खेल्न सकेन । यसै सिजन शीर्ष श्रेणीमा बढुवा भएको एल्चेले डिफेन्सलाई बेला बेलामा समस्या दिएपनि डरलाग्दो आक्रमण गर्न सकेन । अन्तिम समयमा गोलरक्षक नेटोले डिएगो ब्रीको प्रहारलाई विफल पार्दै जित सुनिश्चित गरेका थिए ।