बाढीपहिरोमा परेर गण्डकीमा १२६ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बाढीपहिरोमा परेर गण्डकीमा १२६ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    पोखरा : गण्डकी प्रदेशमा बाढी पहिरोमा परि १२६ जनाले ज्यान गुमाएका छन् । मनसुन शुरु भएयता प्रदेशका विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परेर १२६ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । 

    मङ्गलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्राकृतिक प्रकोपमा परि २०७७ मा मात्रै १२६ जनाले ज्यान गुमाएको पुष्टि गर्नुभयो ।

    सबैभन्दा पहिलो पर्वतबाट सुरु भएको बाढी पहिराले प्रदेशका सबैजसो जिल्लामा क्षति पुर्याएको थियो । पर्वतको कुश्मा नगरपालिका दुर्लुङ र फलेबास ननगरपालिका शंकरपोखरीमा प्राकृतिक प्रकोपमा परि ९ जनाले ज्यान गुमाएका थिए । दुर्लुङ पहिरोमा परि ८ जनाले  ज्यान गुमाएका थिए । त्यस्तै शंकरपोखरीमा १ जनाको चट्याङले ज्यान लिएको थियो ।  

    मन्त्री चुमानले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेको तथ्याँक सार्वजनिक गर्दै पवर्तपछि कास्कीमा दैवी प्रकोपले क्षति पुर्याएको बताउनुभयो । पहिराले पोखरा १८ सराङकोटमा ५ जनाको मृत्यु भएको थियो । यसैगरी, बाटुलेचौरमा १ जना तालबेसी पैतेमा १ जना, माछापुच्छ्रे्र गाउँपालिका ८ खोरकोमुखमा ३ जना गरि कास्कीमा १० जनाले ज्यान गुमाएका छन् ।

    यसैगरी, लमजुङ बेंशीसहरमा ३ जनाले ज्यान गुमाएका छन् ।  तनहुँको म्याग्दे, ब्यास ऋषिङ र भानुमा बाढीपहिरोमा परि १३ जनाले ज्यान गुमाएका थिए । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ र गल्याङमा १ गरि ५ जनाले ज्यान गुमाएका छन् ।

    म्याग्दीमा मालिका गाउँपालिका ७ मा ८ जना, धौलागिरी गाउँपालिका ६ मा १८ जना र रहूँगंगा गाउँपालिकामा २ जना गरि २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अझै ४ जना बेपत्ता छन् । बागलुङको काठेखोला ४ तंग्राममा १, बागलुङ नगरपालिका ५ मा एक जना गरि ५२ जना जनाले ज्यान गुमाएका छन् । बागलुङ ढोरपाटनमा ३७ मानवीय क्षति भएको छ । २२ जना निधन भएको छ भने १५ जनाको शव अझैं फेला परि सकेका छैन । 

    मुस्ताङमा थासाङ २ नौरिकोटमा १, नवलपुर बुलिङटारमा २ र गोरखा गण्डकी गाउँपालिका ४ फुजेल र चुमनुब्रिमा एक–एक गरि २ जनाले ज्यान गुमाएका छन् ।मन्त्री चुमानका अनुसार बाढी पहिरोले पुर्याएको पूर्ण क्षति भने अझैं प्राप्त भई सकेको छैन । क्षतिको विवरणको लािग सिडिओ कार्यालयमा पत्राचार भइरहेको छ । यद्यपि, भरपर्दो रिपोर्ट नआई सकेको उनले सुनाए ।  

    मोटामोटी रिपोर्टकाअनुसार बागलुङमा १९७, तनहूँमा २४७ घरमा क्षति पुगेको छ । यद्यपि, दोहोरो परीक्षण भने भइसकेको छैन । म्याग्दीमा २२२ घर पूर्ण भएका छन् ३३७  घरमा आंशिक क्षति पुगेको छ । यो तथ्यांक पनि पुष्टि भइसकेको छैन ।