गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बुधबार विहान १०ः४५ बजे प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र र  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार कास्कीको पोखरा महानगरपालिकामा आठ जना संक्रमित भएका छन् । संक्रमितहरु वडा नम्बर १७, १५, २०,  र २७ मा एक–एक जना र वडा नम्बर १० मा एक ७ वर्षीया बालिकासहित दुईजना रहेका छन् । 

    कास्की कै अन्नपूर्ण गाउँपालिकामा एक जना संक्रमित भएका छन् ।  स्याङ्जामा तीन जना संक्रमित थपिएका छन् । वालिङ वडा नम्बर ११ र १४का एक–एक जना र गल्याङ वडा नम्बर २ का एक जनामा संक्रमण पुष्टि भएको हो । नवलपुरमा एक जना, म्याग्दीमा एक जना, तनहुँमा चार जना, लमजुङमा पाँच जना, र बागलुङमा दुई जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

    योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ५ सय ४८ पुगेको छ ।  प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २ सय ४८ छ । हालसम्म दुई हजार २६८ जना निको भएका छन् ।