‘जनप्रतिनिधि र कर्मचारीको सहकार्यले विकास सम्भव’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ‘जनप्रतिनिधि र कर्मचारीको सहकार्यले विकास सम्भव’

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दे गाउँपालिका-१, ५ र ७ को वडा कार्यालयमा बिहीबार आयोजित स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जनप्रतिनिधि र कर्मचारीबीच नङ र मासुजस्तै सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।

    अधिकारीले जनप्रतिनिधिसँगै मिलेर कार्यपालिकाले गरेका निर्णय कार्यान्वयनका लागि आफू लाग्ने बताउँदै समृद्ध गाउँपालिका निर्माण मुख्य उदेश्य रहेको बताउनुभयो । “सबै लाग्यौ भने गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि कर्मचारी र जनप्रतिनिधिको एकता आवश्यक छ,” उहॉले भन्नुभयो ।