तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मितिमा हराएका तथा चोरी भएका मोवाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । मोवाइल हराएको तथा चोरी भएको निवेदन कार्यालयमा परेपछि प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।
चोरी भएको तथा हराएको दुई महिनापछि प्रहरीले पाँच थान मोवाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । ती मोवाइलको मूल्य करीब रु ९१ हजार बराबर छ ।