सुनको मूल्य घट्दा चाँदी भने बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सुनको मूल्य घट्दा चाँदी भने बढ्यो

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    काठमाडौं : बुधबार सुनको भाउ घटेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।

    तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।