तनहुँमा थपिए २४ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए २४ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    तनहुँ : तनहुँमा शनिबार २४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, भीमाद, घिरिङ र शुक्लागण्डकीमा २४ सङ्क्रमित थपिएका हुन् ।

    व्यासमा आठ, भीमादमा सात, घिरिङमा सात र शुक्लागण्डकीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै फेवासिटी अस्पतालमा उपचाररत एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    व्यास-१ का ४९ र २१ वर्षीया महिला, सोही वडाको २० र ५२ वर्षीय पुरुष, व्यास-४ का ३७ वर्षीय पुरुष, व्यास-२ का ६३ वर्षीया महिला, व्यास-८ का ६६ वर्षीय पुरुष, व्यास-९ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भीमाद-४ का १९ वर्षीय पुरुष, भीमाद-५ का २९ वर्षीया महिला, भीमाद-६ का ४९ वर्षीया महिला, भीमाद-७ का १९,३५ वर्षीया महिला र सोही वडाका ५१,३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    घिरिङ-१ का २१,६५ वर्षीया महिला, घिरिङ-३ का ७१,३५,५६ वर्षीय पुरुष, घिरिङ-३ का ४०,५६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    शुक्लागण्डकीको वडा नखुलेको ४९ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।