तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार दिउँसो भएको प्रहरी दुव्र्यवहारको भत्र्सना गरेको छ । पार्टीका जिल्ला सचिव विश्व बास्तोलाले साँझ प्रेस विज्ञप्ती प्रकाशित गरी शान्तिपूर्ण रुपमा हिँडडुल गर्न र भेला हुन पाउने संविधान प्रदत्त मौलिक हकमाथि बन्देज लगाउने गरी विकास योजनाको उद्घाटन जस्तो शान्तिपूर्ण कार्यक्रम रोक्ने दुरासयले गरिएको व्यवहारको भत्र्सना गर्नुभएको हो ।
कुनै पार्टीका कार्यकर्ताको इशारामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी उद्घाटनस्थलतर्फ जाँदै गर्दा प्रहरीद्वारा दमन गरिएकामा विरोध जनाउँदै विज्ञप्तीमा भनिएको छ, “यो दमन र गिरफ्तारी नियोजित, राजनैतिक प्रतिशोधपूर्ण र शक्तिको उन्मादको उपज भएको ठहर छ ।”
काङ्ग्रेसले प्रहरीसँगको झडपमा परी घाइते भएका नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।