चेपाङ बालबालिकालाई इनरह्वीलको न्यानो कपडा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चेपाङ बालबालिकालाई इनरह्वीलको न्यानो कपडा

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०७७, बुधबार

    तनहुँ : इनरह्वील क्लव अफ दमौलीले व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय माध्यमिक विद्यालयका चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । क्लवले बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

    आर्थिक अवस्था विपन्न भएका छात्रछात्रालाई चिसो मौसममा विद्यालय आउन सहज पुगोस् भन्ने उद्देश्यका साथ स्वीटर वितरण गरिएको क्लवकी पूर्व अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

    न्यानो कपडा वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले चेपाङ बालबालिकाको उत्थानका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सोही क्रममा श्रेष्ठले व्यक्तिगत तर्फबाट विद्यार्थीलाई ३० थान टोपी सहयोग गर्नुभएको थियो ।

    Image may contain: 9 people, including Dev Kumar Shrestha and Asha Chhetri, people standing and outdoor
    Image may contain: 5 people, including Nirmala Malla, people standing and outdoorImage may contain: 10 people, including Nirmala Malla and Asha Chhetri, people standing and outdoor

    सोही विद्यालयमा अध्ययनरत बालबालिकाका लागि रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष रजिनलाल श्रेष्ठले स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ । क्लवकी अध्यक्ष आशा क्षेत्रीले क्लबको वार्षिक कार्यक्रम अन्तर्गत बालबालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । सेवा नै धर्म हो भन्ने भावनाका साथ स्थापित संस्थाले बालबालिकाको शैक्षिक बिकासमा हरेक वर्ष सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    न्यानो पोशाकको अभावमा कठ्याङ्ग्रिदै विद्यालय आउन बाध्य भएका बालबालिकाहरुलाई क्लबले गरेको सहयोगले राहत मिलेको विद्यालयका प्रधानाध्यापक रोशनी थापाले बताउनुभयो । कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष सरु श्रेष्ठ, उपाध्यक्ष मन्जु थापा, सचिव शर्मिला श्रेष्ठ लगायतको उपस्थिति थियो ।