जनप्रतिनिधि र कर्मचारीलाई भूमि समस्या समाधानका लागि प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनप्रतिनिधि र कर्मचारीलाई भूमि समस्या समाधानका लागि प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै भूमि सम्बन्धी समस्या शुक्लागण्डकी नगरपालिकामा छ । यहाँका १२ वटै वडामा भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी झण्डै पाँच हजार बढी रहेको आँकलन गरिन्छ ।

    पाँच दशकदेखि जनता लालपुर्जाको पखाईमा छन् ।
    गत चैतमा प्रतिनिधि सभाको बहुमतले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । शुक्लागण्डकी सहित तनहुँका ६ स्थानीय तहसँग भूमीहिनलाई जग्गा र पुर्जा दिन सम्झौता आयोगको सम्झौता भइसकेको छ । आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले पहिलो चरणमा भूमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्तीमा पुगेर अन्तरक्रिया गरेपछि हाल स्थानिय तहका जनप्रतिनिधी र कर्मचारीलाई प्रशिक्षण दिन थाल्नुभएको छ ।


    मंगलबार शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य र वडामा कार्यरत कर्मचारीलाई प्रशिक्षण दिएका छन् । लालपुर्जा वितरणमा सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय तहको हुने भएकाले प्रशिक्षण दिएको उहॉले बताब । उहॉले आयोगको पहिलो प्राथमिकतामा भूमीहिन दलित रहेको जनाउनुभयो । यही आर्थिक बर्षको अन्त्यसम्ममा भूमीहिनको हातमा पुर्जा थमाउन सकिने उहॉको भनाई छ । उहॉले भन्नुभयो, ‘स्थानीय तहले गर्नुपर्ने काम बेलामै भए यही आर्थिक बर्षको अन्त्यसम्म पुर्जा वितरण गर्ने लक्ष्य छ ।’ आयोगको क्षेत्राधिकार, जनप्रतिनिधी र कर्मचारीको काम कर्तव्यबारे उहॉले स्पष्ट पार्नुभएको छ ।


    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शहरीकरण बढ्दै जॉदा भूमीहिन र सुकुम्बासीको समस्या थपिदै जाने बताउनुभयो । उहॉले वैज्ञानिक ढंगबाट समस्या समाधान गर्न आयोग गठन भएको बताउनुभयो । उहॉले अगाडी थप्नुभयो, ‘भूमीहिनको समस्या सबैको साझा हो । नातावाद, कृपावाद र राजनितीक आग्रह पुर्वाग्रहबाट नराखिकन काम गर्नुपर्छ । न्यायिक ढंगबाट पुजा वितरण हुनुपर्छ ।’ इमान्दारितापुर्वक समस्या समाधान गर्न उहॉको अनुरोध छ ।


    शुक्लागण्डकीका मेयर किसान गुरुङले जतिसक्दो छिटो पुर्जा दिलाउन सके जनताको बिचमा उभिन सहज हुने बताउनुभयो । उहॉले स्थानीय तहबाट हुनुपर्ने काम जिम्मेवार ढंगले गर्ने जनाउनुभयो । यसअगाडी पटक–पटक गठन भएका आयोगले पुर्जा वितरण गर्न नसकेकाले अहिलेको अयोग के साँच्चै पुर्जा दिनलाई बनेको हो त भन्ने प्रश्न जनताले उठाएको उहॉको भनाई छ ।

    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी, प्रशासकिय अधिकृत लक्ष्मण लम्साल लगायतले बोल्नुभएको थियो ।