तनहुँ : राष्ट्रिय अपाङ्गता पुनस्र्थापना नेपालको सहयोगमा तनहुँको देवघाट गाउँपालिकाका दुई अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरिएको छ । बुधबार अपाङ्गता भएका व्यक्तिको घरमै पुगी उनीहरुलाई ह्विलचियर वितरण गरिएको हो ।
देवघाट गाउँपालिका–५ का कुमार पाण्डे र दुलमाया भट्टलाई ह्विलचियर प्रदान गरिएको छ । युवा अभियान्ता एवं जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालको मध्यस्थतामा उनीहरुलाई ह्विलचियर वितरण गरिएको हो ।