गोरखा : गोरखामा आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुख काट्ने क्रममा उनका दाजु पनि सँगै रहेछन्, भाइलाई रुखले चेपेपछि दाजुले स्थानीयसँग हारगुहार गरेका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भन्नुभयो ‘त्यसपछि घटनाबारे स्थानीयले हामीलाइ खबर गरेका थिए ।’