पिएम कपमा विनोद भण्डारीको शतक, आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पिएम कपमा विनोद भण्डारीको शतक, आर्मीले गण्डकीलाई दियो २८८ रनको लक्ष्य

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई २८८ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिला ब्याटिंग गरेको आर्मी क्लबले ५० ओभरमा ६ विकेट गुमाउदै २८७ रन बनाएको हो । 

    आर्मीका लागि कप्तान विनोद भण्डारीले उत्कृष्ट ब्याटिंग गर्दै शतक प्रहार गरेका छन् । विनोदले ७२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए । यो विनोदको प्रधानमन्त्री कपमा पहिलो शतक हो ।  विनोदले विजित रहदै १११ रन बनाएका थिए । 

    त्यस्तै आर्मीबाट खेलेका राजु रिजालले ४५ रनको योगदान दिएका थिए भने राजेश पुलामी मगरले ३८ रन बनाए भने लोकेस बमले ४२ रन बनाए ।  त्यस्तै हरिकृष्ण झाले १४, रोहित पौडेलले १० र भीम सार्कीले १५ रन बनाएका थिए । त्यस्तै गण्डकी प्रदेशका बलर विपिन खत्री र बिशाल पौडेलले २-२ विकेट लिए भने दिपेश खत्री र चन्द्रकान्त पौडेलले एक विकेटका लिएका थिए ।