बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडको जित

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    एजेन्सी : करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसलाई हराएको छ ।शनिबार राति करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियलले आल्भेसलाई ४–१ गोल अन्तरले हराएको हो ।

    रियलको जितमा बेन्जिमाको दुई गोलसंगै ब्राजिलियन स्टार कासमिरो र इडेन हजार्डले एकएक गोल गरे । घरेलु टोली आल्भेसका जोसिलोले एक गोल फर्काए ।

    जितसंगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दूरी चार अंकमा झारेको छ । एट्लेटिकोले अझै दुई खेल कम खेलेको छ ।

    रियल ४० अंकसहित दोस्रो र आल्भेस १८ अंकसहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।