तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
ऋषिङ गाउँपालिका-४ थप्रेकस्थित महेन्द्रज्योति प्राविको प्राङ्गणमा आगामी फागुन १५ गतेदेखि प्रतियोगिता हुन लागेको प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख ३५ हजार, द्वितीय हुनेलाई रु ८० हजार र तृतीय हुनेलाई रु ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैबीच गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल लगायतले मंगलबार नै प्रतियोगिता हुने खेलमैदानको निरीक्षण गर्नुभएको छ ।