पोखरा : पोखराबाट शुरु गरिएको चेन सुपरमार्केट पानी पँधेरोले पाँच नयाँ शाखा विस्तार गरेको छ। पानी पँधेरो ट्रेड प्रालिद्वारा संचालित सुपरमार्केटको नागढुङ्गा शाखालाई माघ २२ गते कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले उद्घाटन गर्ने भएका छन्।
२०७६ सालमा पोखराको बगरमा पहिलो शाखा सन्चालन गरेको पानी पँधेरोले पोखराको नागढुङ्गा, हरिचोक, बिरौटा, काहुँखोला र तनहुँको भिमाद गरि ५ नयाँ शाखा विस्तार गर्न सफल भएको कम्पनीका अध्यक्ष कुलदिप भट्टराईले जानकारी दिनुभयो ।
ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउँदै आएको पानी पँधेरोमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरु र स्थानीय व्यवसायीहरुको लगानी रहेको उपाध्यक्ष किशोर सुबेदीले बताउनुभयो ।
६ शाखामा सय जना कर्मचारी आबद्ध भएको पानी पँधेरोमा हालसम्म दस करोड लगानी भएको मेनेजर दिबिन भट्टराईले जानकारी दिनुभयो । शुलभ मुल्यमा सजिलै सामान खरिदको वातावरण पानी पँधेरोमा भएको उहॉले बताउनुभयो ।