तनहुँ : गण्डकी प्रदेशमा कूल लक्ष्यको ९८ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएका छन् । गण्डकी प्रदेशमा १७ हजार १ सय ९५ जनाले कोभिड खोप लगाउने लक्ष्य रहेकामा बुधबारसम्म ९८.३५ प्रतिशतले कोभिड विरुद्धको खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनैपनि जटिल किसिमको अवाञ्छित घटना नभएको स्वास्थ्य निर्देश डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा लक्ष्यभन्दा एक सय २२ प्रतिशत बढीले खोप लगाएका छन् । कास्कीमा पाँच हजार पाँच सय ८६ ले खोप लगाउने लक्ष्य रहेकामा ६ हजार आठ सय ९ जनाले खोप लगाएका छन् ।
गोरखामा एक हजार सात सय ८९ लक्ष्य रहेकामा एक हजार एक सय ७७, तनहुँमा एक हजार ६ सय ७९ लक्ष्य रहेकामा एक हजार चार सय ७४, नवलपुरमा एक हजार तीन लक्ष्य रहेकामा ८ सय ६६, पर्वतमा एक हजार एक सय ९१ लक्ष्य रहेकामा एक हजार ९, बागलुङमा एक हजार सात सय १४ लक्ष्य रहेकामा एक हजार चार सय ३३, मनाङमा दुई सय ६ लक्ष्य रहेकामा एक सय ६१, मुस्ताङमा दुई सय १९ लक्ष्य रहेकामा दुई सय १६, म्याग्दीमा आठ सय १४ लक्ष्य रहेकामा ८ सय ९४, लमजुङमा एक हजार पाँच सय चार लक्ष्य रहेकामा एक हजार तीन सय ८८, स्याङ्जामा एक हजार चार सय ८६ लक्ष्य रहेकामा एक हजार चार सय ८५ जनाले खोप लगाएका छन् ।
माघ १४ गतेदेखि शुरु भएको खोप अभियानका क्रममा एक हजार ९ सय ६ कैदी तथा प्रहरी, सात हजार एक सय ४९ स्वास्थ्यकर्मी, एक हजार ९ सय सात अन्य कर्मचारी, चार सय चार सय ८८ महिला स्वास्थ्यसेविका, ६ सय ६३ सरसफाईकर्मी, एक सय ४७ चालक, एक सय १९ सुरक्षाकर्मी, पाँच सय ३२ वृद्धाश्रमका ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।
फाइल तस्वीर