सावित्राको ८ गोलमा एपिएफको फराकिलो जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सावित्राको ८ गोलमा एपिएफको फराकिलो जित

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७७, सोमबार

    काठमाडाै :  सावित्रा भण्डारी ‘साम्वा’ को दोहोरो ह्याट्रिक मद्दतमा उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याउदा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित निकालेको छ ।

    एपिएफको जितमा सावित्राले ८ गोल गर्दा अनिता केसी र कप्तान अनिता बस्नेतले समान २ गोल गरिन् । अनु लामा र रविना गोलेले समान एक गोल थपिन् । एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको एकपक्षीय खेलमा एपिएफले एपिएफले पहिला र दोस्रो हाफमा समान ७–७ गोल गरेको थियो ।

    खेलको चौथो मिनेटमा सावित्रा भण्डारीको गोलबाट एपिएफले खेलमा १–० को अग्रता लिएको थियो । गोलरक्षक सुस्मिता राई अघि बढेको अवस्थामा अनिता केसीले मिलाईदिएको पासमा साबित्राले खाली पोस्टमा गोल गरिन् ।

    १८औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । २४औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको पासमा गोल गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् । ३६औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा एपिएफले खेलमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । गोलरक्षक सुस्मिता राई अघि बढेको अवस्थामा सावित्राले खाली पोस्टमा गोल गरिन् ।

    ३९औं मिनेटमा अनिता केसीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दा एपीएफ खेलमा ५–० ले अघि बढ्यो । ४३औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले पहिलो हाफमा ६–० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपिएफलाई पहिलो हाफमा ७–० को अग्रता लिन सफल भयो ।

    ५३औं र ५६औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गर्दा एपिएफ ९–० ले अघि बढ्यो । ६४औं मिनेटमा कप्तान अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफले खेलमा १०–० ले अग्रता लिन सफल भयो । ७१औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल गर्दै एपिएफलाई ११–० ले अघि बढाइन् ।

    ७५औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई १२–० ले अघि बढाइन् । ७९औं मिनेटमा सव्सिच्युट रविना गोलेले गोल गर्दै एपिएफलाई १३–० ले अघि बढाइन् । ८६औं मिनेटमा सावित्राले व्यक्तिगत नवौं गोल गर्दै एपिएफलाई १४–० ले अघि बढाइन् ।

    जितसँगै अपराजित रहेको एपिएफको ७ खेलबाट २१ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानमा रहेको आर्मीलाई ५ अंकले पछि पारेको छ । आर्मीको १६ अंक छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।

    लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा आर्मी र वालिङ तथा दोस्रो खेलमा पुलिस बिराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

    हाम्राे खेलकुदबाट