काठमाडौ: नेपाल हिमालय सीमापार वाणिज्य संघले सँस्थाको २१औं साधारणसभा चैत २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा गर्ने निर्णय गरेको छ। अधिबेशन समेत रहेको साधारणसभामा नयाँ नेतृत्वको चयन समेत हुने संस्थाका कोषाध्यक्ष केदार थापाले जानकारी दिनुभयो ।
माघ ३० गतेसम्म सदस्यता नवीकरण गरेका सदस्य साधारणसभामा सहभागी हुन पाउने थापाले बताउनुभयो । संस्थामा १ हजार भन्दा बढी सदस्यहरु आबद्ध रहेको कोषाध्यक्ष केदार थापाले जानकारी दिनुभयो ।
सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने तयारी भएपनि सहमति नभए मतदानबाट नयाँ कार्यसमिति निर्वाचित गरिने बताइएको छ। प्रज्ञा भवनमा आयोजित साधारणसभामा सहमतिबाट नेतृत्व चयन नभए भोलिपल्ट संस्थाको आफ्नै कार्यालय बुद्धनगरमा निर्वाचन हुने बताइएको छ।