फागुन १३ गते ओली पक्षले पोखरामा विशाल मोटरसाइकल र्‍याली गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    फागुन १३ गते ओली पक्षले पोखरामा विशाल मोटरसाइकल र्‍याली गर्ने

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    पोखरा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा ‘विशाल मोटरसाइकल’ र्‍याली गर्ने घोषणा गरेको हो ।

    १५ गते पोखरामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउँदैहुनुहुन्छ । जनसभालाई सफल पार्न युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२ जनाको स्वयंसेवक समिति गठन गरिएको छ ।

    जनसभालाई सघाउन समितिले फागुन ११ गतेदेखि विभिन्न चरणबद्ध कार्यक्रम गर्ने संयोजक राजीव पहारीले जानकारी दिनुभयाे । १३ गते हुने मोटरसाइकल र्‍याली अहिलेसम्मकै विशाल हुने दाबी संयोजक पहारीको छ । ‘यो मोटरसाइकल र्‍यालीमा १० हजार आउनेछन् । अहिलेसम्मकै ठूलो हुनेछ,’ उहाँले भन्नुभयाे । १३ गते दिउँसो २ बजे अमरसिंहबाट मोटरसाइकल र्‍याली सुरु भएर पोखरा परिक्रमा गर्ने समितिले निर्णय गरेको छ ।

    समितिले फागुन ११ गते पोखरामा बृहत स्वयंसेवक भेलासमेत गर्ने भएको छ । १४ गते सभागृहमा स्वयंसेवकको मार्चपास हुने छ । मार्चपासका लागि ११ सय ११ जनाको परिचालन कमिटी हुने कार्यतालिका छ ।