घिरिङमा खेलकुद विकास समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    घिरिङमा खेलकुद विकास समिति गठन

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    तनहुँ : घिरिङमा खेलकुद विकास समिति गठन गरिएको छ । मंगलबार आयोजित कार्यक्रमबाट राजकुमार थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो ।

    समितिको संरक्षकमा गाउँपालिकाका अध्यक्ष रनबहादुर राना रहनुभएको छ । समितिको उपाध्यक्षमा महाजन श्रेष्ठ, सचिवमा तिलक थापा, सह-सचिवमा मिलन विक र कोषाध्यक्षमा राममाया थापा चयन हुनुभएको छ।

    समितिको सल्लाहकारमा जसमन थापा,मेख बहादुर आले, मिलन गैह्रे, अन्जान परियार, झम बहादुर थापा, सुजन थापा र तिलक आले रहनुभएको छ ।

    समितिले ऋषिङ प्रथम अध्यक्ष कप प्रतियोगितामा घिरिङका खेलाडीहरुलाई सहभागी गराउने, फागुनभित्र गाउँपालिकामा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने, पोखरामा सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनुभएका खेलाडीहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।