खोरादीमा भएको भलिबलको उपाधि लोकदिटारलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खोरादीमा भएको भलिबलको उपाधि लोकदिटारलाई

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शनिबार

    दुलेगौँडा : खोरादी युवा क्लबको आयोजनामा भएको साविक वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि लोकदिटार युवा क्लबले उचालेको छ । शुक्लागण्डकी नगरपालिका–१० खोरादीमा शनिवार भएको फाईनल खेलमा २–० को सोझो सेटमा गामि छाक्रा युवा क्लबलाई पराजित गर्दै लोकदिटारले उपाधि कब्जा गरेको हो ।


    लोकदिटारले गामि छाक्रालाई २५–२२,२५–२२ को सेटमा पराजित गरी उपाधिसङ्गै नगद २५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गामि छाक्राले १५ हजारमा चित्त बुझायो ।


    आयोजक खोरादी युवा क्लबले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा गामि छाक्रासंग पराजित हुदै तेस्रो स्थान हासिल गरेको हो । खोरादीलाई गामि छाक्राले २५–२३,२५–२३ को सोझो सेटमा घरेलु मैदानमा पराजित गर्न सफल भएको छ । खोरादीले नगद ८ हजार रुपैयाँ सहित शिल्ड मेडल र प्रमाणपत्र आफ्नो पोल्टामा पारेको छ ।


    विजेता खेलाडी तथा समूहलाई नेपालि काङ्ग्रेसका युवा नेता प्रदीप पौडेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, शुक्लागण्डकी–१० का वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्रीले पुरस्कार वितरण गर्नुभयो ।

    सो अवसरमा बोल्दै नेता पौडेलले खेलकुदले समाजलाई जोड्ने बताउनुभयो । खेलकुदलाई समावेशी बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।


    फागुन १९ गतेदेखि सुरु प्रतियोगितामा तनहु र स्याङजाका २५ टिम सहभागी थिए । भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।