नवौ आदर्श तथा चौथो तारा स्मृति कप : उद्घाटन खेलमा न्यु स्टार विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : उद्घाटन खेलमा न्यु स्टार विजयी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित आदर्श नमूना क्लवको आयोजनामा सोमबारदेखि शुरु नवौ आदर्श तथा चौथो तारा स्मृति कपको उदघाटन खेलमा दमौलीस्थित न्यु स्टार क्लव विजयी भएको छ । छाङ हटिया र न्यु स्टारबीच भएको खेलमा न्यु स्टार ३–१ ले विजयी भएको हो ।

    No description available.
    No description available.No description available.

    त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा नवदिप बैरेनी विजयी भएको छ । छाङ गैह्रा र नवदिपबीच भएको खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरबाट नवदिप २–१ ले विजयी भएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो । प्रतियोगितामा २६ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले नगद रु एक लाख एक र उपविजेताले नगद रु ५० हजार एक प्राप्त गर्नेछ ।