हाम्रो देश नेपालमा विगत एक दशकदेखि सुखी नेपाली समृद्ध नेपाल भन्ने अभियान चल्दै आएको छ । तर हाम्रो मुलुकका प्रमुख कार्यकारीहरु देशलाई समृद्ध बनाउँछु भनेर भाषण त गर्नुहुन्छ तर व्यवहारमा अझैपनि त्यस्तो हुन सकिरहेको छैन । राष्ट्र निर्माण भनेको बाटो मात्र निर्माण गर्ने होइन । अहिले हाम्रो नेपालमा हेर्ने हो भनी दिनदिनै महिला, साना बालबालिकामाथि हत्या, हिंसा बढेको छ र जुन परिवारले यस्ता समस्या खेप्नुभएको छ त्यो पीडा उहाँहरुलाई मात्र थाहा हुन्छ । जस्तै हाम्रो मुलुकका नेताहरु भाषणमा भन्नुहुन्छ हत्या हिंसा अन्त्य हुन्छ, बलात्कार र हिंसा गर्ने व्यक्तिलाई एकदम कडा सजाय दिन्छौ । तर अहिलेको मुलुकको परिवेशलाई हेर्ने हो भने एउटा सानो बालक जो यो देशमा एउटा उज्ज्वल भविष्य बोकेको हुन्छ ती बालबालिका कति हिंसाका गतिविधिहरुमा संलग्न छन् । अहिलेको परिवेशलाई मध्यनजर राखौ त महिलामाथि पनि कति हिंसा भइराखेको अवस्था छ । समाज र परिवारमा परिवर्तन ल्याउन महिलाले एउटा ठूलो भूमिका खेलेको हुन्छ तर अधिंकाश क्षेत्रमा हेर्ने हो भने दिनदिनै कति महिलाहरु परिवार दमनले पिछडिएका पनि छन् ।
महिलाहरु आफ्नो हक र अधिकारका लागि एउटा समाज र घर परिवारमा एउटा सकारात्मक सोच र विचार लिएर अगाडि बढ्नुहुन्छ, तर अहिलेको परिवेशमा हेर्ने हो महिलामाथि दुव्र्यवहार मात्र भएको देख्न पाइन्छ । म हाम्रो देशको कुर्सीमा बस्नुभएका नेताहरुलाई एउटा नागरिकको हैसितयले के भन्न चाहन्छु भने सुखी नेपाल समृद्ध नेपाल बनाउने हो भने बोलीमा मात्र होइन व्यवहारमा काम देखिनुपर्छ । हत्या, हिंसा रोक्छौ भनेर मात्र हुँदैन त्यसलाई कार्यान्वयन गर्नुपर्ने अहिलेको आवश्यकता हो । मुलुकमा अझै पनि महिला बालबालिका कति शोषित भएको अवस्था छ । हत्या हिंसा अन्त्य भाषणमा मात्र होइन व्यवहारमा देखिनुपर्दछ ।