काठमाडौं : प्राविधिक समस्याका कारण राइड शेयरिङ प्लेटफर्म पठाओको सेवा अवरूद्ध भएको छ । एपमा आएको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको कम्पनीकी बजार प्रबन्धक सुरक्षा हमालले बताउनुभयाे । उहाँका अनुसार चाँडै नै सेवा सुचारू हुनेछ ।
यसअघि सोमबार ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका थिए । यसैलाई लिएर सेवा अवरुद्ध भएको हुनसक्ने आँकलन गरिएको थियो । तर, त्यसो नभएर प्राविधिक समस्याका कारण सेवामा समस्या देखिएकाे हमालले स्पस्ट पार्नुभएकाे छ ।