शुक्लागण्डकी मेयर कप : उपाधि होडमा शुक्लागण्डकी ‘ए’ र गल्कोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शुक्लागण्डकी मेयर कप : उपाधि होडमा शुक्लागण्डकी ‘ए’ र गल्कोट

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७७, आईतवार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय मावि गणपतीमा जारी गण्डकी प्रदेशका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि होडमा शुक्लागण्डकी नगरपालिका‘ए’ र गल्कोट नगरपालिका बाग्लुङ भिड्ने भएका छन् ।

    आइतबार बिहान भएको दोस्रो सेमिफाइनलमा मादी गाउँपालिका कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै शुक्लागण्डकीसंगको फाइनल भेट पक्का गरेको हो । पहिलो सेट मादी गाउँपालिकाले हात पारेको थियो । २५–२० को स्कोरमा पहिलो सेट जितेको मादी गाउँपालिका लगातार कमजोर सावित भयो । गल्कोटले २५–१८, २५–१४ र २५–१६ को अंक प्राप्त गर्दै फाइनल यात्रा तय गरेको हो ।

    शुक्लागण्डकी ‘ए’ भने शनिबार नै फाइनल प्रवेश गरेको हो । घिरिङ गाउँपालिकालाई ३–२ को सेटमा पराजित गर्दै शुक्लागण्डकी फाइनल यात्रा सुरक्षित गर्न सफल भयो । केही बेरमा सेमिफाइनलमा पराजित घिरिङ र मादीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् ।

    शुक्रबारदेखि शरु प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रोले एक लाख, तेस्रोले ५० हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाईकर, सेन्टर सर्वर, ब्लकर, डिफेन्डरले जनही पाँच हजार रुपैयाँ हात पार्नेछन् ।