देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०७७, सोमबार

    काठमाडौं : शिक्षा , विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    पछिल्ला दिनमा बढ्दै गएको बायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय गरेको हो ।

    बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।

    शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल बैठकमा उपस्थित हुनुहुन्थ्यो ।