दमाैली : आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत रहनुभएका तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि दमौली निवासी उत्तम भट्टराईले आर्थिक सहयोग गर्नुभएको छ ।
व्यास नगरपालिका–३ निमचोक घर भई हाल अमेरिकामा रहनुभएका भट्टराईले आफ्ना स्वर्गीय पिता हरिभक्त भट्टराईको सम्झनामा दरैको उपचारका लागि रु दश हजार पाँच सय २० सहयोग गर्नुभएको हो । उक्त रकम भट्टराईले विकासका बुबालाई हस्तान्तरण गर्नुभएको छ ।
विकासको हाल भारतस्थित राजिवगान्धी क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । छोराको उपचारका लागि आर्थिक सहयोग गरेकामा बुबाले आभार व्यक्त गर्नुभयो । छोराको उपचारका लागि आर्थिक अभाव भएपछि उहाँले सबैसँग सहयोगको अपिल समेत गर्नुभएको छ ।