क्यान्सर पीडित विकासको उपचारका लागि दमौली युथ पोर्चुगलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित विकासको उपचारका लागि दमौली युथ पोर्चुगलको सहयोग

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : क्यान्सर पीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि दमौली युथ पोर्चुगलले आर्थिक सहयोग गरेको छ । दमौली घर भई हाल पोर्चुगलमा रहेका युवाहरुले गठन गरेको संस्थाले विकासको उपचारका लागि रु ८१ हजार पाँच सय सहयोग गरेको हो ।

    उक्त रकम विकास मगर र खेमराज गुरुङले क्यान्सर पीडित विकासका आमा तिलीमाया दरैलाई शुक्रबार हस्तान्तरण गर्नुभएको छ । विकासको उपचारका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले पोर्चुगलमा रकम सङ्कन गरिएको बताइएको छ । पीडितका आमा दरैले छोराको उपचारका लागि सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

    क्यान्सर पीडित दरैको उपचारका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिको पहलमा रकम सङ्कलन भइरहेको छ । केही दिन अघि मात्रै दमौली निवासी किरण श्रेष्ठको सक्रियतामा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानबाट रु पाँच लाख ३३ हजार ८२१ सहयोग उठेको थियो ।

    विगत केही वर्षदेखि दरै क्यान्सरबाट पीडित भएर भारतमा उपचाररत हुनुहुन्छ । आन्द्रामा क्यान्सर भएका दरै जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । फोटोग्राफीमा रुची राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्नुहुन्थ्यो ।