पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ । तनहुँको व्यास नगरपालिका–२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमाया श्रेष्ठको गत सोमबार काठमाडौमा निधन भएको हो । उहाँको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

    ९१ वर्षीया स्वर्गीय श्रेष्ठ तीनवर्षदेखि थलिनुभएको थियो । श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ दाजु सहित बन्दीपुर गाउँपालिका–४ स्थित माइतीघरमा किरिया बस्नुभएको छ । स्वर्गीय श्रेष्ठलाई बेला–बेलामा रिङ्गटा लाग्ने समस्या थियो । “आमालाई अरु खासै रोग थिएन, टाउकोको नशा सुक्दै गएकाले रिङ्गटा लाग्ने समस्या भने थियो,” श्रेष्ठले भन्नुभयो ।