म्याग्दे राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माविलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्दे राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माविलाई

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । विभिन्न खेल विधामा २३ पदक जित्दै राधाले प्रतियोगिताको उपाधि जितेको हो ।

    प्रतियोगितामा राधाले १२ स्वर्ण, ७ रजत र ४ कास्य पदक हात पारेको छ । गणपति मावि ६ स्वर्ण, ३ रजत र ७ कास्य पदक जित्दै द्वितीय हुन सफल भएको छ । मिन मावि ५ स्वर्ण, ६ रजत र १० कास्य पदक जित्दै तेस्रो हुन सफल भएको छ ।

    प्रतियोगितामा गाउँपालिकाभित्रका ९ माध्यमिक विद्यालयमध्ये आदर्श बोर्डिङ र मेघदह बाहेकका विद्यालयको सहभागिता थियो । प्रतियोगिताका विजेतालाई लोकतन्त्रको दिवसको अवसरमा वैशाख ११ गते पुरस्कार वितरण गरिने गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।